Wednesday, November 24, 2010

हामी उभिएको धर्ती

हामी उभिएको धर्ती
डग्मगाएको बेला
मेरा साथीहरु र म
कहिले लन्ठीएर बाया
र कहिले दाँया हुँदा
हाम्रो छितिज
अगम्य हुने त्रासले
हिस्तेरियाका बिमारीजस्ता
मेरा सकल साथीहरु
एकैपटक टोलाउन थालेको
द्रिस्यले भएग्रस्त म आफैलाई
सैनेपात कुफत परेजस्तो
अपच हुन र जोरो आउछ
कुनै औषधी ले मेरो कुफत
निको नभैरख्दा
बोरु मेरी आमाले
आफ्ना पटुकी च्यातेर
बनाएका पानीपट्टीले
एकछिन सितल गरौछ
आराम भएजस्तो लाग्छ
ज्वोरो घट्छ, अली हलुका हुन्छ
एसैबेला म मेरा साथीहरुको
बारे मा थाहा पाउन खोज्छु
फोन लगाउछु
फेरी उनै साथीहरु
धर्ती डग्मगाएको, आफु लन्थिएको  
 र छितिज अगम्य रहेको पिरले
पटक पटक बौरिदै र  बिमारी हुँदै
गरेको खवरले
मेरो कुफत फर्किन्छ
मेरी आमाको पटुकी
फेरी च्यातिन्छ
मलाई पनिपट्टी फेरी लगाइन्छ
एकछेन म बौरिन्छु
तर निएती दोहोरिन्छ । ।
  


सुरेश पौडेल

1 comment: