Thursday, November 25, 2010

जहाँ देउता छैन

लाटाहरुको आवाज

बहिराहरुको बुझाई


लङडाहरुको दौडाइ


आन्धाको दृष्‍टि


निर्धाको बस्ती


र रोगीले  जहाँ गर्छ मस्ती


त्यस्तै त्यस्तै हुन्छ जहाँ

देउता छैन , बिबेक हुन्न

Wednesday, November 24, 2010

हामी उभिएको धर्ती

हामी उभिएको धर्ती
डग्मगाएको बेला
मेरा साथीहरु र म
कहिले लन्ठीएर बाया
र कहिले दाँया हुँदा
हाम्रो छितिज
अगम्य हुने त्रासले
हिस्तेरियाका बिमारीजस्ता
मेरा सकल साथीहरु
एकैपटक टोलाउन थालेको
द्रिस्यले भएग्रस्त म आफैलाई
सैनेपात कुफत परेजस्तो
अपच हुन र जोरो आउछ
कुनै औषधी ले मेरो कुफत
निको नभैरख्दा
बोरु मेरी आमाले
आफ्ना पटुकी च्यातेर
बनाएका पानीपट्टीले
एकछिन सितल गरौछ
आराम भएजस्तो लाग्छ
ज्वोरो घट्छ, अली हलुका हुन्छ
एसैबेला म मेरा साथीहरुको
बारे मा थाहा पाउन खोज्छु
फोन लगाउछु
फेरी उनै साथीहरु
धर्ती डग्मगाएको, आफु लन्थिएको  
 र छितिज अगम्य रहेको पिरले
पटक पटक बौरिदै र  बिमारी हुँदै
गरेको खवरले
मेरो कुफत फर्किन्छ
मेरी आमाको पटुकी
फेरी च्यातिन्छ
मलाई पनिपट्टी फेरी लगाइन्छ
एकछेन म बौरिन्छु
तर निएती दोहोरिन्छ । ।
  


सुरेश पौडेल

Tuesday, November 16, 2010

मेरो बैसको साछी

मेरो बैसको साछी
तिमी बस्दा
 तिमीले हुन्न भनि रहयौ
 मेरो बिलाप सुनी रहयौ

विश्वसिलो मान्छे
तिमीलाई मैले साछी रूज्दा
 उर्लदो बैसलाई
 सही ठेगान लगाउन खोज्दा

तिमीले खाली सुनिरहयौ
आफ्नै ताना बुनिरहयौ  
 म बर्बराउदा, कराउदापनी
तिमी अंकनाइरहयौ


मेरो बैसको साछी
 तिमी बस्दा
तिमीले हुन्न भनिरहौ
 मेरो बिलाप सुनी रहयौ

सुरेश पौडेल
काठमाडौं

उत्कर्स

तिम्रो चराम उत्कर्स को बेला
मेरो शिथिल्ता 
उद्देस्य उही,
ग्नतव्य उही, मात्र फरक
तिमी चराम उत्कर्शमा थीयौ
 म आलस्य मानी रहेथे तेतिबेला


उर्फ!!!!

अर्ध आलिङन, अपुरो पाक क्रिडा 
तिम्रो आगमन, मेरो परागमन 
तर स्थान एउटै, समय एक 
बाटो फरक, लक्छ्य समान 
तर तिमी चराम उत्कर्स मा थियौ 
म आलस्ये मनिरहे तेतिबेला 

तिम्रो खुशी, मेरो रोधन 
तर सन्क्ल्प एउटै, बाचा उही 
साथ फरक ,पाहिला उही 
तर तिमी चराम उत्कर्स मा थियौ 
म आलस्ये मनिरहे तेतिबेला 


तिम्रो चराम उत्कर्स को बेला
मेरो शिथिल्ता 
उद्देस्य उही,
ग्नतव्य उही, मात्र फरक
तिमी चराम उत्कर्शमा थीयौ
 म आलस्य मानी रहेथे तेतिबेला


सुरेश पौडेल 

सपना

निस्सर निस्पट्ट शहरमा भौतारिदा
मैले हिडदै,  डुल्दै
निकैसपना देखेको छु
तीनै सपना बाडदै हिन्दा 

 कहिले सज्जन्, कहिले पागल
कहिले बचा, कहिले बृध्हा
कहिले पुरुष , कहिले महिला
कहिले देउता, त कहिले राछस भेट्दो रहेछु

इनै भीडमा सपना पत्तैदिने
र नपत्तैदिनेहरुको गुत्बन्दिले
झडप   निम्ताउन सक्ने डरले
म मेरा सपना बड्नबाट
पनी आज्कल तर्सिन थालेकोछु

तेसैले त सपना नदेखेर
वा देखिहाले भने पनि खुम्चाएर
वा कसैलाई भनिहाले भने पनि
तोडेर मोडेर बाङ्गएर भन्ने गरेकोछु

अब मैले बुझेको छु
सपना बाड्ने कुरा होईन भनेर
सपना बाड्न सकिदैन भनेर

सुरेश पौडेल

तिमी र म

कुनै भेद छ भने
तिमी र म मा
त्यो भेद
हो गडनामा

म मान्दिन गडना
कुनै पनि अर्थ मा
तर तिमी रुचौछौ गन्न, ताउल्न
जोखन र तुलना गर्न

म चिन्न खोज्छु
बस्तु त्यो के हो त्यो भनेर
तिमी जान्न खोज्छौ
बस्तु त्यो कत्रो छ भनेर 

तेही भेदले  होला शायद
 म रङीन छु
वजनहीन रङ
लेपिएछ म मा   

तर तिमी खोज्छौ
त्यो रङ को वोजनलिन
म तुलना गर्छु
मेरो चित्र र बजारका फोटोहरु

तर तिमी हेर्छौ
फोटो बनाउने मसिनहरु
म खोज्छु
चित्र कोर्ने मशी

यस्तै यस्तै फरक
छन हामीमा
एसैले त समानत
छैन हामीमा

सुरेश पौडेल
काठमाडौं