Monday, August 17, 2015

A poem for those who have gone abroad for work

तलाउ मा ढुङ्गा हानी 
अहिले तिमी कहाँ गएउ  
बर्षउ सम्मा गहिरी खेत बाझो बस्यो
बिउ लिएर कहाँ भागेउ
यहाँ हुँदा तिमी पनि रमाउथियौ
हिलो खेल्न, पानी छ्यप न 
सुक्का खाडी तिर छौ अ रे 
छिट्टो फर्क गहिरी खेत सिन्चाइ गर्न 
तलाउ मा फैलिएको तरङ हेर्न
छिट्टो फर्क गहिरी खेत सिन्चाइ गर्न 
तलाउ मा फैलिएको तरङ हेर्न

Suyesh @ Dhaka

Friday, August 14, 2015

त्यो शहरमा

त्यो शहरमा
जीवन प्रती कुनै राग छैन
एउटा गर्जने बाघ छैन
बिरालाहरु खाटी दुध खान पौदैनन
मुसा मार्न दुला चाहर्दैन
फगत दिर्गायु को चिन्ता ले
सिन्थेसाइज्ड प्रोटिन

मुल्टिभिटामिन खान्छन
आयतित प्रोटिन र मुल्टिभिटामिन

अनी
लाउड स्पिकर अगाडि गएर
अरु स्रोता बिरालाहरु माझ
लाउड स्पिकरको पिच र बास
अड्ज्स्ट गरेर
एउटा बिरालो, म्यौ गर्छ
स्रोता बिरालाहरु को तालीले हौसिएर
आझ ठुलो स्वोरमा म्यौ गर्छ

एउटा गर्जने बाघ नदेखेका
बाँकी बिरालाहरु
ताली ठोक्दै
मन्च को त्यो बिरालो लाई बाघ भन्ठन्चन (2)

Suyesh @ Dhaka