Tuesday, November 16, 2010

सपना

निस्सर निस्पट्ट शहरमा भौतारिदा
मैले हिडदै,  डुल्दै
निकैसपना देखेको छु
तीनै सपना बाडदै हिन्दा 

 कहिले सज्जन्, कहिले पागल
कहिले बचा, कहिले बृध्हा
कहिले पुरुष , कहिले महिला
कहिले देउता, त कहिले राछस भेट्दो रहेछु

इनै भीडमा सपना पत्तैदिने
र नपत्तैदिनेहरुको गुत्बन्दिले
झडप   निम्ताउन सक्ने डरले
म मेरा सपना बड्नबाट
पनी आज्कल तर्सिन थालेकोछु

तेसैले त सपना नदेखेर
वा देखिहाले भने पनि खुम्चाएर
वा कसैलाई भनिहाले भने पनि
तोडेर मोडेर बाङ्गएर भन्ने गरेकोछु

अब मैले बुझेको छु
सपना बाड्ने कुरा होईन भनेर
सपना बाड्न सकिदैन भनेर

सुरेश पौडेल

No comments:

Post a Comment