Tuesday, November 16, 2010

तिमी र म

कुनै भेद छ भने
तिमी र म मा
त्यो भेद
हो गडनामा

म मान्दिन गडना
कुनै पनि अर्थ मा
तर तिमी रुचौछौ गन्न, ताउल्न
जोखन र तुलना गर्न

म चिन्न खोज्छु
बस्तु त्यो के हो त्यो भनेर
तिमी जान्न खोज्छौ
बस्तु त्यो कत्रो छ भनेर 

तेही भेदले  होला शायद
 म रङीन छु
वजनहीन रङ
लेपिएछ म मा   

तर तिमी खोज्छौ
त्यो रङ को वोजनलिन
म तुलना गर्छु
मेरो चित्र र बजारका फोटोहरु

तर तिमी हेर्छौ
फोटो बनाउने मसिनहरु
म खोज्छु
चित्र कोर्ने मशी

यस्तै यस्तै फरक
छन हामीमा
एसैले त समानत
छैन हामीमा

सुरेश पौडेल
काठमाडौं 

No comments:

Post a Comment