Saturday, March 7, 2015

रिङ्ग


रिङ्ग हराउदा खुज्ली हराउछ भन्छन

सोच्दै छु कतै एस्ले दुइटा अर्थ दिन्छ 

आच्कल रिङ्ग बेला बेला आउछ र हराउछ


सङ्सङै आउछ खुज्ली;रिङ्ग सँग त्यो हराउछ


कहिले सानो आकरको 


जो काटीकुटी कान्छी औंलामा अटाउछ


कहिले अली ठुलो 


माझि औंलामा अटाउछ 


कहिले आझै ठुलो 


जो बुढी औंला भरीको हुन्छ 


अरु चिज भन्दा रिङ्ग अनौठो लाग्न थालेको छ 


किनकी त्यो आच्कल थाहा नै नदिकन आउछ 

र थाहा नै नपाई हराउछ


अझ अनौठो छ खुज्ली 


जो रिङ्ग साथै आउछ


रिङ्ग ठुलो हुँदा बेसी खुज्ली लाग्छ 


रिङ्ग सानो हुँदा सानै खुज्ली हुन्छ 


तर त्यो रिङ्ग साथै आउछ 


रिङ्ग साथै हराउछ २

No comments:

Post a Comment