Thursday, February 19, 2015

चिन्ता


प्रेमको मुल्य बेसी राखेउ

र त रिन बड्यो 

अरु केही धितो चलेन 

र त हृदय बन्धगी गयो

समय बित्यो 

ब्याज   बद्यो 

मलाई भने 

कतै बन्धकी हृदय 

फिर्ता न आउला 

भन्ने  चिन्ता पर्‍यो 


असल एउटा हृदय थियो 

तेही पनि बन्धगी गयो

अब बाँकी नै के रह्यो र 

गरौ भो सम्झौता 

बरु    दुई ह्रिदयको  

सुरेश पौडेल 
ढाका बाङ्लादेश 

No comments:

Post a Comment