Thursday, January 20, 2011

त्यो ब्यर्थ मुर्ति किन कुदियो?


त्यो ब्यर्थ मुर्ति किन कुदियो?
न तेसलाई आवाज भर्न सकियो
न बार्ता गर्न मिल्यो
खाली आकार दिईओ
सोखिनहरु को मोल मोलाई
को बस्तु बनाइयो

बरु ढुंगा बोक्दा कमिज च्यातियो
काध को खाला फ्याकियो
सहयोगी को हात च्यापियो
गरिखाने मान्छेलाई अपाङ्ग बनायियो
त्यो ब्यर्थ मुर्ति किन कुदियो

न तेसलाई आवाज भर्न सकियो
न बार्ता गर्न मिल्यो
खाली आकार दिईओ
सोखिनहरु को मोल मोलाई
को बस्तु बनाइयो
त्यो ब्यर्थ मुर्ति किन कुदियो?




suresh poudel
kathmandu

No comments:

Post a Comment